नायक पल शाहको मुद्दालाई जोडेर समाजिक सञ्जालमा भइरहेका टिप्पणी र तस्बिर पोस्ट गर्नेलाई कारबाही गर्ने प्रहरीको साइबर ब्युरोले चेतावनी दिएको छ।
शुक्रबार सूचना जारी गर्दै ब्यूरोले अनुसन्धान कार्यलाई समेत प्रभावित पार्ने उदेश्यले भ्रामक एवं झुठा क्याप्सन राखेर भिडिओ तथा तस्बिरहरु अपलोड गरी अफवाह फैलाउनेलाई विद्युतीय कारोबार ऐन, अन्तरगत कारबाही हुने जानकारी गराएको छ।
ब्यूरोले भनेको छ, ‘विगत केही समयदेखि विभिन्न व्यक्ति तथा समूहले प्रविधिको दुरुपयोग गरी युट्युव, टिकटक लगायतका सामाजिक संजालहरुमा गम्भीर प्रकृतिको अपराधको अनुसन्धान कार्यलाई समेत प्रभावित पार्ने उद्देश्यबाट भ्रामक एवं झुट्टा क्याप्सन राखी भिडिओ तथा तस्बिरहरु अपलोड गरी समाजमा उत्तेजना एवं अफवाह फैलाउने, सामाजिक सद्भावमा खलल पुर्याउने, पीडितको गोपनीयताको हक हनन् गर्दै निजको सामाजिक एवं मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्याउने किसिमका प्रवृत्ति देखिएको त्यस्ता क्रियाकलापहरु विद्युतीय कारोवार ऐन, २०६३ को दफा ४७ अन्तर्गतको कसुरमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा सूचित गर्दै यस्ता प्रकारका गतिविधी नगर्नु हुन सम्पूर्णमा साइबर व्यूरो अनुरोध गर्दछ।’
बलात्कार आरोपमा नायक शाहलाई जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। तर अनुसन्धान भइरहेको विषयमा केही युट्युवर तथा अनलाइनहरुले समेत अफवाह फैल्याउनेगरी सामग्री प्रकाशन प्रसारण गरिरहेका छन्।
यस्तै, पीडितको परिचय समेत खुलाएका छन्। सामाजिक सञ्जालमा पनि खुलेआम टिकाटिप्पणी भइरहेको छ। यस्ता गतिविधि निगरानी गरिरहेको र ऐन अनुसार कारबाही हुने ब्युरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले बताए।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ