युरोपेली अन्तरिक्ष एजेन्सीकी अन्तरिक्षयात्री समान्था क्रिस्टोफोरेटीले हालै अन्तरिक्षमा पहिलो टिकटक भिडियो बनाएकी छिन् । उनले अन्तरिक्षमा बनाएको टिकटकको ९० सेकेण्डको भिडियो पोस्ट गरेकी छिन् ।
उनले बनाएको टिकटक निकै कम समयमै भाइरल हुन पुगेको थियो । योसंगै समान्था अन्तरिक्षमा टिकटक बनाउने पहिलो व्यक्ति बनेकी छिन् । उनले उक्त क्लिपलाई ट्वीटरमा पनि सेयर गरेकी थिइन् जसलाई ट्वीटर प्रयोगकर्ताहरुले पनि निकै रुचाएका छन् ।
उक्त टिकटक भिडियोमा उनले अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा जीवन कस्तो हुन्छ भन्ने देखाएकी छिन् । भिडियोमा उनले ६ महिनाको अन्तरिक्ष मिसनमा आफू स्पेस एक्सको रकेटबाट अन्तरिक्ष स्टेशनमा आएको बताएकी छिन् ।
समान्था युरोपेली स्पेस एजेन्सीको क्रू फोर मिसनकी सदस्य हुन् । सुरुमा उनी क्रू थ्री मिसनको टिममा रहेको र धेरै कुरा सिक्ने कोसिस गरेको उनले उल्लेख गरेकी छिन् ।
समान्थाले भिडियोको अन्त्यमा अहिलेसम्म कुनै पनि टिकटकर नपुगेको ठाउँमा जानका लागि आँफुलाई फलो गर्न आग्रह समेत गरेकी हुन् ।
अन्तरिक्षमा बनाएको पहिलो टिकटक भिडियोलाई मानिसहरूले निकै मन पराएका छन् । वास्तवमा पृथ्वीमा बस्ने मानिसहरूका लागि अन्तरिक्षयात्रीहरू कसरी काम गर्दछन्, गुरुत्वाकर्षणविना उनीहरूको जीवन अन्तरिक्षमा कस्तो हुन्छ भन्ने कुरा निकै रोचक हुन्छ ।
Back on the International @Space_Station (and TikTok) pic.twitter.com/oCgJSdWKcu
— Samantha Cristoforetti (@AstroSamantha) May 6, 2022
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ