शुक्रबार, बैशाख ४, २०८३

आईजीपी विवादमा आज पनि सुनुवाइ हुँदै


कान्तिपथ


आईजीपी विवादमा आज पनि सुनुवाइ हुने भएको छ। सरकारले धिरजप्रताप सिंहलाई आईजीपीमा बढुवा गरेपछि त्यसमा असन्तुष्टि जनाउँदै एआईजी विश्वराज पोखरेलले वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

यसअघि जेठ ३० र असार ५ गते सुनुवाइ नसकिएपछि हेर्दाहेदैमा रहेको मुद्दाको अर्को पेशी त्यसै दिन असार १३ गतेलाई तोकिएको थियो। आज पनि सुरुमा एआईजी विश्वराज पोखरेलकै तर्फबाट बहस गर्ने छन्।

आफू साउन २० गते अवकासमा जाने भएकाले छिटो फैसला दिन पोखरेलले इजलास समक्ष माग गरेका थिए। पोखरेल पक्षको बहस सकिएपछि सरकार र आईजीपी सिंहको पक्षबाट बहस सुरु हुनेछ।

यो रिटको अन्तिम सुनुवाई काम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुँडालको इजलासमा भइरहेको हो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत