बाँकेको कोहलपुर इलाका प्रहरी कार्यालयमा थुनुवा महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका असई प्रविण चौलागाई निलम्बनमा परेका छन् । बर्दिया घर भएका चौलागाईँ ८ महिनादेखि इप्रका कोहलपुरको मुद्दा शाखामा कार्यरत छन् ।
बाँके प्रहरीका प्रवक्ता मधुसुधन न्यौपानेले बलात्कार आरोपमा मुद्दा दर्ता भएका असई चौलागाईलाई निलम्बन गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको जानकारी दिए ।
११ साउनमा बहुविवाहको आरोपमा थुनामा रहेकी एक महिलालाई असई चौलागाईंले कोठामा लगेर करणी गरेको आरोपमा जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिएको छ । असई चौलागाईंले आफ्नो कोठामा लगेर यौन दुर्व्यवहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेपछि उनलाई निलम्बन गरेर थप अनुसन्धान अगाडि बढाइएको हो ।
कोहलपुर प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत असई चौलागाईंले बहुविवाह मुद्दामा हिरासतमा रहेकी ती महिलालाई राति २ बजे आफ्नो कोठामा बोलाएर बलात्कार प्रयास गरेको आरोप छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ