शनिबार, चैत्र २८, २०८२
  • गृहपृष्‍ठ
  • सुरक्षा
  • सेवानिवृत्त भए एआइजी विश्वराज पोखरेल : औपचारिक बिदाईको अत्तोपत्तो छैन !

सेवानिवृत्त भए एआइजी विश्वराज पोखरेल : औपचारिक बिदाईको अत्तोपत्तो छैन !


कान्तिपथ


नेपाल प्रहरीको एआइजीबाट विश्वराज पोखरेल आजबाट सेवानिवृत्त भएका छन् । उनी उमेरहदले आजबाट सेवानिवृत्त हुने भएका हुन् ।

कुनैबेला भावी आइजीपीका रुपमा हेरिएका पोखरेल एआइजी हुँदा वरियतामा आफ्नो ब्याचीमध्ये पहिलो नम्बरमा रहेपनि सरकारले बढुवा गरेन । उनी धीरजप्रताप सिंहको आइजीपी नियुक्तिविरुद्ध अदालत गए । तर, अदालतले उनको विपक्षमा फैसला गर्यो ।

पोखरेलले सिंहको आइजीपी बढुवा भएपछि बिदा लिएका थिए । ३५ दिनको बिदापछि फेरि बिदा लिन खोज्दा अस्वीकृत भयो । उनी कार्यालय गएनन् । अदालतको फैसलापछि राजीनामा दिन गएपनि स्वीकृत भएन ।

एआइजीका रुपमा उनको उमेरहदले पदावधि सकिएको छ । प्रहरी मुख्यालयमा उनका लागि कुनै बिदाई कार्यक्रम समेत नराखिएको बुझिएको छ ।

#AIGP #BishwaPokhrel #Retired



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत