नेपाल प्रहरीका ४३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले उनीहरूको काज सरुवा गरेको हो । जसमा गणेश बहादुर बम वृत्त सोह्रखुट्टे, वृत्त बालाजुमा रविन विष्ट, राजकुमार श्रेष्ठलाई वृत्त जगाती सरुवा गरिएको छ ।
यसबाहेक वीरेन्द्र गोदार जिप्रका संखुवासभा, कोपिला चुडाल वृत्त दरबारमार्ग, अंगुर जिसीकाे वृत्त महाराजगञ्ज सरुवा भएको छ । चुनावको मुखैमा भएको काज सरुवामा स्वार्थ केन्द्रित बिचौलिया हावी भएको प्रहरी निकट स्रोत नै बताउँछ ।
बिचौलियाको सोर्स फोर्स लाएर सरुवा हुनेमा डीएसपी तर्कराज पाण्डे लगायत छन् । पाण्डे २०७७ मा नेपाल प्रहरीको निरिक्षकबाट डिएसपीमा बढुवा भएका थिए। पाण्डे हाल घुम्ती पर्यटक प्रहरी कार्यालय, रानीपोखरीबाट प्रहरी वृत मालीगाउँ, काठमाडौँमा प्रमुखको रुपमा सरुवा भएका छन् ।
पर्यटकको जिम्मामा हुँदा खासै ‘कमाई’ नहुने भएपछि हाकिमहरुको त्यति ध्यान नपर्ने कोल्टे स्थान मालीगाउँ सरुवाका लागि पाण्डेले मोटै रकम खर्च गरेको हुनसक्ने उक्त स्रोतले बतायो । प्रहरी मुख्यालयको ट्रयाक रेकर्डमा उनी त्यति अब्बल अधिकृतको रुपमा गन्तिमा आउँदैनन् । कतिपय क्षमता नै नभएकालाई महत्वपूर्ण कार्यालयको जिम्मेवारी दिइएको छ । नाम नबताउने सर्तमा ति प्रहरीले भने पाण्डेको सरुवामा ठुलै खेलोफड्को भएको र नाम चलेकै नेताहरु समेत फाईल बोकेर हिड्ने गर्थे ।
प्रहरी सरुवा-बढुवाको सूची गृह मन्त्रालय र प्रधान कार्यालयमा नभई बिचौलियाबाट फाइनल हुने थाहा पाएपछि प्रहरी अधिकारी पनि आईजीपी भन्दा बालुवाटारको बिचौलियाको पछि लाग्न थालेका छन् । बिचौलियाहरूले पैसा उठाउने र शक्तिकेन्द्रबाट काम गराउन थालेपछि नेपाल प्रहरी आइजिपी निरीह बनेका छन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ