शनिबार, चैत्र २८, २०८२
  • गृहपृष्‍ठ
  • सुरक्षा
  • जाजरकोटमा सेनाको क्याप्टेन हुँ भन्दै ठगेर हिड्ने नक्कली फुलिवाला पक्राउ

जाजरकोटमा सेनाको क्याप्टेन हुँ भन्दै ठगेर हिड्ने नक्कली फुलिवाला पक्राउ


कान्तिपथ


जाजरकोटमा नेपाली सेनाको क्याप्टेन हुँ भन्दै हिँड्ने व्यक्ति पक्राउ परेका छन् । नलगाड नगरपालिका–१३ खातीगुर्ताका २७ वर्षीय विष्णु गिरीलाई नक्कली कागजातसहित प्रहरीले समातेको हो । गिरीलाई हिरासतमा राखेर सोधपुछ गर्नको लागि जिल्ला अदालतले पाँच दिनको म्याद दिएको छ ।

इलाका प्रहरी कार्यालय दल्लीका अनुसार सरकारी छाप, दस्तखत दुरुपयोग गरी नक्कली परिचयपत्र बनाएर आफूलाई क्याप्टेन बताउँदै हिँड्ने गरेको गोप्य सूचनाका आधारमा प्रहरी टोलीले उनलाई सप्रमाण गिरफ्तार गरेको हो ।

उनको साथबाट सहसेनानी दर्जामा खिचाइएको फोटोवाला नक्कली परिचयपत्रसहित केही कार्ड फेला परेको प्रहरी निरीक्षक पुष्कर पन्तले बताए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत