सोमवार, चैत्र ३०, २०८२

नक्कली प्रमाणपत्र देखाएर राष्ट्रिय अनुसन्धानमा इन्सपेक्टरको जागिर


कान्तिपथ


नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सेवा प्रवेश गरेका राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृतलाई अदालतले दोषी ठहर गरेको छ । अनुसन्धान अधिकृत तारा बहादुर कुँवरलाई शुक्रबार बिशेष अदालतले दोषी ठहर गरेको हो ।

अख्तियार दुरुयोग अनुसन्धान आयोगले ३१ जेठ २०७५ मा उनीविरुद्ध मुद्दा दायर गरेको थियो । उनले माध्यमिक शिक्षा परिषद् ,उत्तरप्रदेश भारतबाट आईए उत्तिण गरेको नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएका थिए । जसमा बिशेषका न्यायाधीहरु यमुना भट्टराई, बलभद्र बास्तोला र खुशी प्रसाद थारुको इजलाशले उनलाई दोषी ठहर गरेको हो ।

राष्ट्रिय अनुसन्धान विभागमा धेरै जना राजनीतिक सोर्सफोर्स तथा आर्थिक चलखेलका आधारमा जागिर खाने भएकाले नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्दछन् । अहिले पनि पदमा रहेका केही व्यक्तिहरुको प्रमाणपत्र नक्कली रहेको स्रोत बताउँछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत