नाइजरको दक्षिणपूर्वी क्षेत्रमा बोको हरामका जिहादी लडाकुहरूले नाइजरका नौ र नाइजेरियाका दुई गरी ११ जना किसानको गोली हानी हत्या गरेको स्थानीय अधिकारीले बताएका छन् । हत्या गरिएका सबै ११ जना जङ्गलमा दाउरा काट्न गएका थिए ।
यो शहर लेक चाडको तल्लो क्षेत्र नजिकै डिफामा अवस्थित छ । यो एक क्षेत्र क्यामरून, चाड, नाइजर र नाइजेरिया गरी चार देशको सीमा एकाकार हुने क्षेत्र हो । बोको हराम र यसको प्रतिद्वन्द्वी ‘इस्लामिक स्टेट इन वेस्ट अफ्रिका प्रोभिन्स’ ले लेक चाड क्षेत्रका धेरै साना टापुहरूमा आफ्नो अखडा स्थापना गरेका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ