सोमवार, चैत्र ३०, २०८२

गोर्खा राइफल्सका चौहान भारतको दोस्रो चिफ अफ डिफेन्स स्टाफ


कान्तिपथ


भारतीय सेनाका पूर्ववरिष्ठ अधिकारी अनिल चौहान भारतका नयाँ चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) नियुक्त भएका छन्।

भारतीय रक्षा मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी चौहानलाई सो पदमा नियुक्त गरिएको घोषणा गरेको छ। चौहानलाई भारत सरकारको मिलिटरी डिपार्टमेन्टको सचिवको अतिरिक्त जिम्मेवारी पनि तोकिएको छ।

चौहानले सन् १९८१ मा भारतीय सेनाको ११ औं गोर्खा राइफल्सबाट जागिर सुरु गरेका थिए। उनले भारतीय सेनाको ११ औं गोर्खा राइफल्सको इतिहासबारे एक पुस्तक पनि लेखेका छन्।

४० वर्षभन्दा बढी भारतीय सेनामा बिताएका चौहान सन् २०२१ मा मात्रै लेफ्टिनेन्ट जनरल पदबाट उमेरहदका कारण अवकाश पाएका थिए। सन् १९६१ मा जन्मिएका चौहानले भारतीय सेनाले जम्मु र कस्मिरमा सञ्चालन गरेका विभिन्न सैन्य कारबाहीमा प्रत्यक्ष सहभागी भएका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत