निर्वाचनको मुखमा नेपाल प्रहरीमा चार एआईजी दरबन्दी रिक्त हुने भएपछि सरकारले बढुवा प्रक्रिया थाल्ने तयारी गरेको छ। एआईजीको ५६ वर्षे उमेरहदका कारण रबिन्द्र धानुक र अरुण बिसीले कात्तिक अन्तिममा अनिवार्य अवकाश पाउँदैछन्। भदौमा एआईजी मुकुन्दराज आचार्यले अबकाश पाइसकेका छन् भने यसअघि एआइजी विश्वराज पोखरेलले अवकाश पाएको पद रिक्त छ ।
बढुवाको प्रमुख दाबेदारमा डिआइजीहरू अशोक सिंह, दीपक थापा, बसन्त कुँवर, टेकप्रसाद राई, किरण बज्राचार्य, उमेशराज जोशी, सन्दीप भण्डारी, मिरा चौधरी, भिम ढकाल, रामदत्त जोशी लगायत छन् । अहिले जो पहिलो नम्बरमा एआइजी हुन्छ उसलाई चैतमा आइजिपी हुन सहज हुने भएकाले बढुवाका लागि शक्तिकेन्द्रका दैलोमा दौडधुप दुरू भैसकेको छ ।
केही एआईजी तथा डिआईजी भने एआईजीमा बढुवा भन्दा पनि प्रहरीमा ३० वर्षे हटाउने रणनीतिमा अघि बढेका छन् ।
त्यसका लागि उनीहरुले कोटा नै तोकेर आर्थिक चलखेल समेत गरेको बताईन्छ। सरकारले मन्त्रीपरिषदमाअध्यादेश लगेर प्रहरीमा ३० वर्षे सेवाहद हटाउन सक्ने भए पनि अहिलेको समयमा भने त्यो सहज देखिदैन। अध्यादेश ल्याउँदा चुनावमा तल्लो तहको प्रहरीको सहयोग नहुने, विपक्षीले चुनावी एजेन्डा बनाउने र ब्याक फायर हुने डरले देउवा हच्किएको बताईन्छ ।
स्रोतका अनुसार ३० वर्षे सेवाहद हटाउने खेलोफड्कोमा लागेका ति एआईजीलाई बिचौलिया रामचन्द्र भट्टदेखि हतियार खरिद बिबादमा फसेका ठेकेदार दिपक भट्टसमेत सक्रिय भएर लागेका छन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ