गृहमन्त्री बालकृष्ण खाँणले प्रहरी प्रशासनको झुन्ड लिएर मत माग्दै हिँडेका छन्। आउँदो ४ मंसिरमा हुने प्रतिनिधि चुनावका लागि रुपन्देही ३ बाट उम्मेदवार बनेका खाँण भैरहवामा वडास्तरीय प्रचार प्रसार कार्यालयको उद्घाटन गर्न दर्जन बढी प्रहरी लिएर पुगेका हुन्।
सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका खाँणकाे सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, राष्ट्रिय अनुसन्धान र सादा पोसाकका सुरक्षाकर्मी गरी दुई दर्जन बढी प्रहरी खटिएका छन्।
मन्त्रीले नै निर्वाचन आचारसंहिता २०७९ विपरीत आफ्नै प्रचारप्रसारमा हिँडेका छन्। निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद २ को ४ (क) मा सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्थाले त्यस्तो निकाय वा संस्थाको वा अन्तर्गतको कुनै परियोजनाको स्रोत साधान र सम्पति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन नहुने उल्लेख छ।
त्यस्तै परिच्छेद ३ को दफा ५ क १ को (क)मा प्रतिबन्धाथ्मक वाक्यांशबमोजिम निर्वाचन प्रचार प्रसारमा संलग्न हुने नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिका पदाधिकारीले निर्वाचन प्रचार प्रसारमा संलग्न हुदा सरकारी स्रोत र साधानको प्रयोग गर्न नहुने छ। तर सरकारकै गाडी रहेको प्रहरीको गाडी प्रयोग भएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ