सशस्त्र प्रहरी बलका ३ जना उपरीक्षक (एसपी)माथि छानबिन सुरु गरिएको छ । बारा, पर्सा र पश्चिम नवलपरासीमा कार्यरत एसपीहरूलाई छानबिनका लागी सशस्त्र प्रहरी बलले मुख्यालयमा झिकाएको छ । १२ नम्बर गण हेडक्वार्टर बाराका गणपति राजेन्द्र थापा, १३ नम्बर गण हेडक्वार्टर पर्साका प्रमुख तेजप्रसाद पोखरेल र २६ नम्बर गण हेडक्वार्टर नवलपरासी पश्चिमका प्रमुख रुपकुमार क्षेत्रीलाई प्रधान कार्यालयमा फिर्ता बोलाएको छ ।
सशस्त्र मुख्यालयले एसपी टाेपबहादुर डाँगी र उद्धव रावल नेतृत्वको छुट्टाछुट्टै मार्सल टोली विभिन्न जिल्लामा छड्के पठाएको थियो । सो टोलीले बारा, पर्सा र नवलपरासी पश्चिमका गणपतिहरूले आर्थिक अनियमितता गरिरहेको र तस्करीलाई प्रश्रय दिएको प्रतिवेदन मुख्यालयमा बुझाएका थिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ