बुधबार, फाल्गुन ६, २०८२

आजदेखि एनसेलले अचानक काम गर्न छोड्यो, माफी माग्दै कम्पनीले के भन्यो ?


कान्तिपथ


अचानक सेवा अवरुद्ध भएपछि एनसेल आजियाटा लिमिटेडले ग्राहकसँग माफी मागेको छ । सडक विस्तार गर्दा बुटवल–बर्दघाट र दमौली–आँबुखैरेनी जोड्ने अप्टिकल फाइबर काटिएको एनसेलले जानकारी गराएको हो ।

त्यस क्षेत्रमा बिहीबार बिहानदेखि नै एनसेलले काम गरिरहेको थिएन् । दिउँसो एक बयान जारी गर्दै कम्पनीका सम्बन्धित मर्मतसम्भार टोलीहरू फिल्डमा गएको हुँदा सक्दो चाँडो सेवा सुचारु गर्ने जानकारी पनि एनसेलले दिएको छ ।

एक सूचना जारी गर्दै एनसेलले भनेको छ, ‘यस एनसेल आजियाटा लिमिटेडले प्रवाह गर्दै आएको सेवा आज बिहीबार (मंसिर २२, २०७९) सडक विस्तारका क्रममा बुटवल–बर्दघाट र दमौंली–आँखुखैरेनी जोड्ने अप्टिकल फाइबर काटिएका कारण अवरुद्ध भएको जानकारी गराउन चाहान्छौँ ।

कम्पनीका सम्बन्धित मर्मतसम्भार टोलीहरु फिल्डमा खटाइसकेकाले चाँडै सेवा सूचारु गर्ने प्रयास भइरहेको छ । यस अप्रत्यासित घटनाले सेवामा पर्न गएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौ ।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत