काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको राष्ट्रिय प्रहरी प्रतिष्ठान परियोजनाका लागि भारतले ५० करोड रुपैयाँ पठाएको छ। गत असोजदेखि निर्माण थालिएको उक्त परियोजलाई अघि बढाउन भारत सरकारले पहिलो किस्तास्वरुप ५० करोड उपलब्ध गराएको हो।
प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजना निर्माणका लागि गत असोज ७ गते भूमि पूजन गरिएको थियो। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र गृहमन्त्री बालकृष्ण खाँणले संयुक्त रूपमा भूमि पूजन गरेका थिए।
यस परियोजनाको शिलान्यास सन् २०१४ नोभेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका बेला तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र मोदीले संयुक्त रूपमा गरेका थिए।
आधुनिक सेवा-सुविधासहित निर्माण हुने यस संरचनाले नेपाल प्रहरीलाई अत्याधुनिक प्रशिक्षण पूर्वाधार उपलब्ध गराउनेछ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ