शनिबार, बैशाख १, २०८१
  • गृहपृष्‍ठ
  • सुरक्षा
  • पटुकाको ५० हजार झिक्न वृद्धाको हत्या : डिएसपी पन्थीको टोलीले एक हप्ता मै समात्यो !

पटुकाको ५० हजार झिक्न वृद्धाको हत्या : डिएसपी पन्थीको टोलीले एक हप्ता मै समात्यो !


कान्तिपथ


काठमाडौंको बालाजुमा एक वृद्धाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । तार्केश्वर नगरपालिका–६ बस्ने डिल्ली पतुवार वडा नम्बर–३ मा पर्ने जंगलमा मंसिर २२ गते बालाजुस्थित एक टह-रोमा बस्दै आएकी ९० वर्षीया वृद्धाको शव फेला परेको थियो ।

पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–६ का ३९ वर्षीय नरेन्द्र शिवभक्ती छन् । उनी मृतक वृद्धा महिलाका छिमेकी हुन् । घटना घटेको एक हप्ता मै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द पन्थीको टोलिले हत्यारा पत्ता लगाएको हो । प्रहरीका अनुसार वृद्धाको टाउकोमा गम्भीर चोट देखिएको जनाएको छ । पोस्टमार्टम रिपोर्टमा उनको टाउकोमा हिर्काएकोजस्तो देखिएको प्रहरीको भनाइ छ ।

उनका श्रीमान‍्को मृत्यु भइसकेको छ । मृतकका चार छोरी र एक छोरा भए पनि उनी एक्लै आफ्नै जमिनमा भएको टहरोमा बस्दै आएकी थिइन् । सधैँ नजिकै रहेको छोरीको घरमा खाना खान जाने गरेकी वृद्धा २० गते भने खाना खान नगएको र बालाजु प्रहरीमा खोजीका लागि उजुरी दर्ता गरिएकोमा २२ गते मृत फेला परेकी थिइन् ।

२२ गते वृद्धा मृत अवस्थामा फेला परेपछि छिमेकी सबै घटनास्थलमा पुगे । छिमेकी मध्ये प्रहरीको पक्राउमा परेका नरेन्द्र भने श्रीमती र छोरा लिएर स्याङ्जामा रहेको ससुराली गएको सूचना प्रहरीले पायो । नरेन्द्र परिवारसहित स्याङ्जाबाट काठमाडौं फर्किएपछि प्रहरीले उनलाई नियन्त्रणमा लियो । अनुसन्धानका क्रममा उनले हत्या गरेको स्वीकार गरेका छन् ।

प्रहरीका अनुसार नरेन्द्रले डिल्लीले कम्मरको पटुकामा रुपैयाँ राख्ने गरेको जानकारी पाएका थिए । हत्यापछि उनी डिल्लीसँग रहेको पटुकाको पैसा झिकेर घर फर्किए । मृतकको पटुकामा ५० हजार रुपैयाँ रहेको खुलेको छ । प्रहरीले नरेन्द्रविरुद्ध कर्तव्यज्यान मुद्दामा अनुसन्धान अगाडि बढाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत