बिहिबार, साउन १०, २०८१

डिआईजी भजाएर असईको असुली : हुस्सुमा ट्रायल, पैसाको कोटा तोकेर पास फेल !


कान्तिपथ


नारायणी यातायात पर्सा विरगंजबाट वितरण हुने लाइसेन्समा चरम आर्थिक अनियमितता हुने गरेको पाईएको छ। लाइसेन्सको फाराम दर्तादेखि लिखित र प्रयोगात्मक परिक्षासम्म हुँदा सेवाग्राहीहरुले निकै मोटो रकम खर्च गर्नु पर्ने बाध्यता रहेको छ।

पैसा दिइएको खण्डमा मात्रै लिखित परिक्षा उतिर्ण हुने अन्यथा अनुत्तीर्ण हुने गरेको भुक्तभोगीहरुले बताउने गरेका छन् । ट्राफिक प्रहरीको विशेष सक्रियतामा पैसा दिइएको व्यक्तिहरुलाई २५ वटा प्रश्नमा ८ देखि १० वटामा मात्रै चिन्ह लगाएर आउन भनेर जानकारी गराइन्छ र सोही अनुसार रकम लिएर लिखित परिक्षा उतिर्ण गराईन्छ।

सो पश्चात् ट्रायल परिक्षामा सहभागिता गराईदा पनि रकम बुझाउने व्यक्ति उतिर्ण हुने र नबुझाउने व्यक्तिले पुन: रिट्रायलको फाराम भर्न लगाउने गरिन्छ। सो रकम असुली कार्यमा ट्राफिक प्रहरीको मिलेमतो र विशेष भुमिका रहेको पाइएको छ।

मोटरसाइकल र स्कुटरको लाइसेन्स बनाइदिएको पन्ध्र हजार, जिप/कारको बीस हजार साथै एफ, जी वर्गको बीस हजार, ट्रयाकटरको पन्ध्र हजार तथा मेशिन वर्गको बनाउदा पच्चिस हजारसम्म लिने गरेको पाइएको छ। अझ ट्रयाकटर तथा मेशिन वर्गको ट्रायल लिँदा सिसि क्यामेराको निगरानी बिना लिने गरेको पाइएको छ।

२०७९/०९/१९ र २० गते लिएको मेसिनको ट्रायलमा उपस्थित संख्यामा जम्मा ४ जना मात्रै उतिर्ण भएको पाइएको छ। साथै बाँकी अनुत्तीर्ण भएकाहरुसँग सो ट्रायलमा खटिने ट्राफिक प्रहरीको मिलेमतोमा रकम उठाइ उतिर्ण गर्ने गरेको पाइएको छ। परिक्षा दिएर ट्रायल पास भएको महिना दिनसम्म पनि पास भएकाहरुले राजश्व रसिद काट्न पाउँदैनन् ।

बाक्लो हुस्सु लागेको बेला सिसि क्यामेरामा केही नदेखिने समयमा समेत बत्ति जडान नगरी हजारौंको संख्यामा ट्रायल लिने गरेको पाइएको छ। यसरी अनियमितता गरि लिएको ट्रायलबाट उठेको रकमको बाँडफाँड ट्राफिकको सक्रियता र सहभागितामा मधेस प्रदेश प्रहरी कार्यलयका प्रहरी नायब महानिरीक्षक सम्मलाइ पुर्याउने गरिएको छ।

सो रकम असुल गर्नैको लागि भनेर मधेश प्रदेश प्रहरी कार्यलयका प्रहरी नायब महानिरीक्षकको ठाडो आदेशमा प्रहरी सहायक निरीक्षक किरण कार्कीलाई खटाएको पाइएको छ र सो कार्यलाई पुर्णता दिन पर्सा ट्राफिकका प्रहरी निरीक्षक धुर्ब प्रसाद दाहालको पनि भुमिका रहेको पाइएको छ।

सवारी तथा यातायात व्यवस्था ऐनमा नभएका कुराहरुलाइ समावेश गराएर ट्रायलमा सेवाग्राहीहरुलाइ अनुत्तीर्ण गर्ने गरेको पाइएको छ। प्रहरी सहायक निरीक्षक किरण कार्कीले आफुलाइ मधेस प्रदेशका प्रहरी नायब महानिरीक्षकको संरक्षण रहेको र कसैले केही गर्न नसक्ने र आफुले जे चाह्यो त्यही गर्न सक्ने समेत बताउदै आएका छन।

स्रोतका अनुसार रकमको हिसाब जिल्ला प्रशासन कार्यलय, मधेस प्रदेश प्रहरी कार्यलय, मधेस प्रदेश भैतिक पुर्वाधार मन्त्रालय र अख्तियारसम्म पुग्ने गरेको छ । देशको राजधानी काठमाडौ भएता पनि लाइसेन्स वितरणमा भएको आर्थिक अनियमितता हेर्ने हो भने बिरगंजलाई लाइसेन्सको राजधानी भन्दा पनि हुन्छ। सजिलो हुने भए पछि देशको विभिन्न भागबाट सेवाग्राहीहरु आउनु नराम्रो होइन तर लाइसेन्स कै लागि भनेर १ नम्बर प्रदेशदेखि कर्णाली प्रदेश सम्मका सेवाग्राहीहरु बस नै रिजर्भ गरेर आउने गरेको पाइन्छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत