शुक्रबार, बैशाख ४, २०८३

आफ्नै गाडी जलाएको टुलुटुलु हेर्ने डिएसपीलाई कारबाही सिफारिस


कान्तिपथ


फागुन १ गते काठमाडौंको बालाजुमा भएको घटनामा लापरबाही गरेको भन्दै २ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)लाई कारबाही गर्न सिफारिस भएको छ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीआईजी मसाउद आलम खाँ नेतृत्वको छानबिन समितिले बालाजु बृत्तका डीएसपी रविन बिष्ट र सोह्रखुट्टे बृत्तका डीएसपी गणेशबहादुर बमलाई कारबाही गर्न सिफारिस गरेको हो। फागुन २ गति गठित छानबिन समितिले सोमबार प्रतिवेदन बुझाएको हो।

यातायात मजदुरको आन्दोलनको क्रममा बालाजुमा प्रहरीका दुई वटा गाडी जलाइएको थियो। ४० बढी प्रहरी घाइते भएका थिए।

बालाजुका डीएसपी बिष्ट चढ्ने बा २ झ १४४ नम्बरको स्कोर्पियो (पिकअप) र प्रहरी वृत्त बालाजुको बा १ झ ७२२४ नम्बरको गाडीमा आगजनी भएको हो।

प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डीआईजी) मसाउद आलम खाँको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो। समितिमा उपत्यका प्रहरी कार्यालयका एसएसपी हिमालयकुमार श्रेष्ठ, जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजाल लगायत थिए।

प्रहरीको गाडी आगजनी तथा ल्होत्से मल लुटपाटमा संलग्न ४६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। अझै केहीको खोजी भइरहेको प्रहरीले जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत