आर्थिक अनियमितता गरेको आरोपमा नेपाली सेनाका उपरथी प्रेमप्रकाश शाहीमाथि छानबिन अघि बढिरहेका बेला अरु दुईजना कर्णेल पनि पक्राउ परेका छन्। शाहीले अनियमितता गरेको ठहर कोर्ट अफ इन्क्वाइरीले निष्कर्ष निकालेको केही दिनमै थप दुईजना कर्णेल समातिएका हुन्।
कोर्ट अफ इन्क्वाइरीको प्रतिवेदनपछि सैनिक मुख्यालयले शाहीविरुद्ध आइतबार कोर्ट मार्सल (सैनिक अदालत) गठन गरेको थियो।
यस्तोमा सैनिक मुख्यालयले शाहीसँगै अनियमिततामा जोडिएको जनाउँदै महासेनानी महेन्द्र शाह र प्रमुख सेनानी कुलदीप तिम्सिनालाई पक्राउ गरेर अनुसन्धान थालेको हो।
शाहीबारे छानबिनका लागि सिनियर उपरथीको नेतृत्वमा कोर्ट मार्सल गठन गरिएको छ। उपरथी शाहीमाथिको आरोप पुष्टि भए उनलाई सजाय हुनेछ। शाहीमाथि सेनाले आर्थिक अनियमितताको आरोपमा कारबाही अगाडि बढाएको हो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ