त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र केन्द्रीय विभागका प्रमुख डा. युवराज लुइँटेलको कार्यकक्षमा आंशिक शिक्षक ललित विष्टले हेलमेट बजार्दै तोडफोड गरेको सिसि टिभी फुटेज बाहिरिएको छ । सो घटना बैशाख १३ गते भएको जनाइएको छ।
आफ्नो कक्षाको समयमा पढाउन समेत नगई विभागीय प्रमुख लुइँटेलको कार्यकक्षमा आएर १३ वैशाखमा तोडफोडमा उत्रिएको भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौंमा विष्टविरुद्ध किटानी जाहेरी दर्ता भएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालका अनुसार विभागको तर्फबाट आएको जाहेरी दर्ता गरेर अनुसन्धान सुरु भएको छ । ‘उहाँले त्यहाँ भएको गतिविधिको भिडियो क्लिप पनि उपलब्ध गराउनुभएको छ, अनुसन्धान थालेका छौं’, एसपी सीताराम रिजाल भने ।

समाजशास्त्र विभागका प्राध्यापकहरुका अनुसार विष्टले १३ वैशाखको अपराह्न करिब १२ः४० देखि २ः२० बजेको समयमा शिक्षक ललित विष्ट कार्यकक्षमा आई अभद्र व्यवहार गरेका थिए । शिक्षक विष्टले एकतर्फी अपशब्द बोलिरहँदा विभागीय प्रमुख लुइँटेलले ‘के बोल्नुभएको यस्तो’ भन्दै प्रश्न गरेको सुनिन्छ । तर, उनले ‘कुर्सीमा बसेर हावा कुरा गर्ने’ भन्दै सोफामा चढेर तोडफोडमा उत्रिएको भिडियोमा देखिएको छ ।
प्रहरीलाई उपलब्ध गराइएको क्लोज सर्किट (सीसी) क्यामराको दृश्यमा शिक्षक विष्टले समाजशास्त्र केन्द्रीय विभागीय प्रमुख लुइँटेल विरुद्ध अपशब्द बोल्दै कार्यकक्षको टेबलमा हेलमेट बजारेको देखिन्छ । तनावको स्थिति सिर्जना भएपछि त्यहाँ उपस्थित एक जना विद्यार्थीले उनलाई रोक्ने प्रयास गरेको फुटेजमा देखिन्छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ