शुक्रबार, बैशाख ४, २०८३
  • गृहपृष्‍ठ
  • सुरक्षा
  • शरणार्थी प्रकरणका ठग समात्नुपर्ने भएकाले नारायणकाजीले रोके आईजीपीको अमेरिका भ्रमण

शरणार्थी प्रकरणका ठग समात्नुपर्ने भएकाले नारायणकाजीले रोके आईजीपीको अमेरिका भ्रमण


कान्तिपथ


नक्कली शरणार्थी प्रकरणपछि सरकारले प्रहरी महानिरीक्षक वसन्त कुँवरको अमेरिका भ्रमण रोेकेको छ। अमेरिकामा आयोजना हुने लिडरसिप एक्जेन्ज कार्यक्रममा सहभागी हुन आईजीपी कुँवर सोमबार अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको थियो।

तर, नक्कली भुटानी शरणार्थीका नाममा नेपाली ठगि प्रकरणपछि सरकारले उनको भ्रमण अस्वीकृत गरेको हो।

उक्त कार्यक्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी प्रमुख एआइजी किरण बज्रचार्यलाई पठाइएको छ। बज्रचार्य नेतृत्वको ५ सदस्यीय टोलीमा एआइजी सुदिप गिरी, डिआइजी रामदत्त जोशी, एसएसपी चन्द्र बहादुर धामी र एसपी सन्तोष खड्का अमेरिका प्रस्थान गरेका छन्।

वैशाख २७ देखि २९ सम्म अमेरिकाको वासिङटन डिसि र न्युयोर्कमा सञ्चालन हुने कार्यक्रममा भविष्यमा हुने सुरक्षा चुनौति र आतंतवाद, डिजिटल अपराध, क्रिप्टोकरेन्सी कारोबार लगायतका वित्तिय अपराध अनुसन्धान तथा नियन्त्रण लगायत विषयमा छलफल हुनेछ।

नक्कली शरणार्थी प्रकरणमा अनुसन्धान अन्तिम चरणमा पुगिरहँदा पूर्व गृहमन्त्रीदेखि पूर्व गृहसचिवसम्म तानिएका छन्। १० दिनभित्रमा अनुसन्धान टुंग्याउनुपर्ने भएकाले आईजीपीले देश छाड्न नपाएका हुन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत