सोमवार, चैत्र ३०, २०८२

एआइजीको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली अमेरिका प्रस्थान


कान्तिपथ


काठमाडौं- नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) किरण बज्राचार्यको नेतृत्वमा प्रहरीको पाँच सदस्यीय टोली अमेरिका प्रस्थान गरेको छ ।

संयुक्त राज्य अमेरिकाको वाशिङ्टन डिसी र न्युयोर्कमा यही वैशाख २७ देखि २९ गतेसम्म हुन लागेको नेतृत्व विकाससम्बन्धी कार्यक्रममा भाग लिन एआइजी बज्राचार्यको नेतृत्वमा पाँच सदस्यीय टोली अमेरिका प्रस्थान गरेको हो ।

अमेरिका प्रस्थान गर्नेमा एआइजी बज्राचार्यसँगै एआइजी सुदीप गिरी, प्रहरी नायब महानिरीक्षक (डिआइजी) रामदत्त जोशी, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रबहादुर धामी र प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्का रहनुभएको छ ।

अमेरिकामा हुने उक्त कार्यक्रममा भविष्यमा हुने सुरक्षा चुनौती र आतङ्कवाद, डिजिटल अपराध, क्रिप्टोकरेन्सी कारोबार, वित्तीय अपराध अनुसन्धान तथा नियन्त्रणका बारेमा ज्ञान आदानप्रदान हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । कार्यक्रमबाट नेपाल र अमेरिकाका सुरक्षा निकायहरूबीचको सम्बन्ध सुमधुर हुने अपेक्षासमेत लिइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत