जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले नक्कली भुटानी शरणार्थी प्ररकरणको अभियोगपत्र जिल्ला अदालत काठमाडौंमा दर्ता गरेको छ । उक्त ठगी प्रकरणका ३० जना अभियुक्तहरूमाथि तयार पारिएको अभियोजन दर्ता गरिएको हो । मुद्दाको दर्ता नम्बर २२७१ रहेको छ भने विगो २७ करोड ८१ लाख कायम गरिएको छ । उनीहरूमाथि हदैसम्मको सजाय माग दाबी गरिएको छ ।
सोमबार प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा उक्त प्रकरणमा आफ्नो रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको थियो । आठ सदस्यीय समितिले अभियोजन तयार पारेको हो ।
३० जनाविरुद्ध पाँच वटा कसुरमा अभियोग लगाउने तयारी छ । उनीहरूमाथि संगठित अपराध, राज्यविरुद्धको अपराध, ठगी, सरकारी कीर्ते र एकीकृत कसुरमा अभियोजन लगाइएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ