दोलखाको बैतेश्वर गाउँपालिका-४ काब्रेमा एक जनाको शंकास्पद मृत्यु भएको छ। बगर नजिकैको भस्मे जङ्गलको मुलगौडा सडक खण्ड छेउको जङ्गलमा स्थानीय ५८ वर्षिय केदार बहादुर दाहालको मृत्यु भएको हो ।
स्रोतका अनुसार साँध मिलाउन भन्दै मदिरा सेवा गरेर भाइहरु दाउरा काटि रहेको ठाउँमा पुगेका दाहालको लडेर मृत्यु भएको थियो । वडा अध्यक्ष कुमार चौलागाईंका अनुसार उनका भाई पर्नेहरु भने दाउरा चिरीरहेका थिए । अध्यक्ष चौलागाईंका अनुसार घटना बिहान १० बाजेको समयमा भएको हो।
दोलखा जिल्ला प्रहरी प्रमुखका अनुसार अन्त्यष्टिका क्रममा काठमाडौँबाट गएका दाहालका छोराले आफ्नो बुबाको शंकास्पद मृत्यु भएको बताए पछि थप अनुसन्धान भैरहेको छ । उनले केहि व्यक्तिको नाम किटेर रिसिभी भएको पनि बताएका छन् । छोरा इश्वर दाहालले जाहेरी दिएको जिल्ला प्रहरी प्रमुखले पुष्टि गरे ।
प्रहरीले थप अनुसन्धानको लागि दाहालको शवलाई पोस्टमार्टम गर्न पशुपति चौलागाईं स्मृति अस्पताल चरिकोट पठाएको थियो। अनुसन्धान कै लागि भनेर प्रहरीले केहि पक्राउ समेत गरेको छ । Photo: BishesNews
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ