शुक्रबार, चैत्र २७, २०८२

नेपाल प्रहरीमा श्रीमती १० नम्बर, श्रीमान १८ नम्बरमा डिएसपी बढुवा


कान्तिपथ


गृह मन्त्रालयले सोमबार नेपाल प्रहरीका ४६ जना इन्सपेक्टरको डीएसपीमा बढुवा सिफारिस निकालेको छ ।

२०७० सालमा प्रहरी निरिक्षकमा नाम निकालेकामध्येबाट भएको बढुवा सूचीमा हालै भएको नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा अनुसन्धानमा संलग्न दुईजना इन्सपेक्टर पनि समावेश छन् ।

सिफारिस सूचीमा ६ जना महिला र एक दम्पती पनि छन् । सुरक्षा केसी र रघुसिंह विष्ट श्रीमान्-श्रीमती हुन् । सिफारिसमा परेका अन्य महिला अधिकृतमा चेतना पोखरेल, एलिजा गिरी, लक्ष्मी खनाल, शुभद्रा वाइबा र रुपा थापा छन् । २०७० सालमा एकैलटमा १ सय ४६ जना इन्सपेक्टरमा छनोट भएका थिए । त्यसमा ९ जना महिला थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत