शुक्रबार, चैत्र २७, २०८२

४६ जना डिएसपीमा बढुवा हुँदा २० जना मात्र मेरिट लिस्टका !


कान्तिपथ


नेपाल प्रहरीका ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको प्रहरी नायब उपरीक्षक (डीएसपी) बढुवा सिफारिस विवादित देखिएको छ ।

बढुवा सिफारिसमा टप २० भित्रका १० जना इन्स्पेक्टरहरूलाई पनि बढुवा हुनबाट छुटाइएको छ । दिपक मल्ल, ऋषि राम घर्तिमगर, आयुष जेशी, धन बहादुर बोहोरा, लक्ष्मण ओली, इन्द्रजित ईटनी, प्रताप पौडेल, बोधराज रेग्मी, बीर दत्त पन्त, टेकेन्द्र शर्मा पौडेललाई छुटाइएको हो ।

४६ मेरिट भित्रका रहेका २६ जनालाई पनि बढुवा हुनबाट रोकिएको छ भने २० जना मात्र मेरिट लिस्टमा आधारित छ । ४६ मेरिट भित्र रहेका टेक बहादुर जोरा, प्रविण कार्की, रमेश दत्त अवस्थी, जनार्दन घिमिरे, गुण राज बुढाथोकी, चन्द्र कुमार सिहं, पुरुषोत्तम कार्की, हिरेन्द्र बहादुर रोकाया, भिषण राई, राजु खत्री, हिम खत्री, मधु नेपाल, मोहन बुढाथापा, चक्र डमरपाल र अनिल गिरी पनि बढुवामा छुटेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत