राजधानीको ठमेलमा लिभिङ टुगेदरमा बस्दै आएकी एकजना युवतीको उनकै प्रेमीले कुटपिट गरी हत्या गरेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी एवम् प्रवक्ता सीताराम रिजालका अनुसार भगवती बहालमा डेरा गरी बस्दै आएकी जेनिशा तामाङको उनकै प्रेमीले हत्या गरेका हुन्।
चितवनको राप्ती नगरपालिका-७ घर भएकी २६ वर्षीया जेनिशाको उनका प्रेमी काभ्रेको धुलिखेल नगरपालिका-१० घर भएका ३० वर्षीय अमर रञ्जितकारले हत्या गरेको रिजालले बताए।
उनीहरु ६ महिनायता लिभिङ टुगेदरमा थिए। कुटपिटपछि गम्भीर घाइते भएकी जेनिशालाई मंगलबार दिउँसो ३ बजे उपचारका लागि त्रिवि शिक्ष अस्पताल महाराजगञ्ज लगिएको थियो। तर मंगलबार राति नै उनको अस्पतालमा उपचारका क्रममा ज्यान गएको रिजालले बताए।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ