वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगीको जाहेरी नै दर्ता हुन नसक्ने बताएका छन् । जिल्ला अदालत काठमाडौँमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादीको तर्फबाट बहस गर्दै श्रेष्ठले एउटा देशको नागरिक अर्को देशको नागरिक बनाउनै नमिल्ने हुनाले ठगीको जाहेरी दर्ता हुन नसक्ने बताए ।
बिहीबार प्रतिवादी सानु भण्डारीको तर्फबाट बहस गर्दै श्रेष्ठले भने, ‘गजेन्द्र बुढाथोकीको जाहेरीको चौथो पेजमा भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने विषय उल्लेख छ । एउटा देशको नागरिक अर्को देशको नागरिक बनाउनै नमिल्ने हुनाले ठगीको जाहेरी नै दर्ता हुन सक्दैन ।
उनले गजेन्द्रविरुद्ध दाङ जिल्ला अदालतमा मुद्दा रहेको र फरार अवस्थामा रहेको पनि बताए । यो मुद्दाको स्रोत नै दूषित रहेको र एकै जनालाई पटक पटक बयान लिन मिल्छ र श्रीमान ? भन्दै प्रश्न पनि गरे ।
यस्तै उनले प्रतिवादीहरु बालकृष्ण खाँण र टंककुमार गुरुङको पक्षमा पनि बहस गर्ने बताइएको छ । टंकको पक्षमा बहस गर्दा उनले टंक विशुद्ध होटल सञ्चालक रहेको जिकिर गरे । कसैले उसको होटलमा खाए भन्दैमा मुद्दा लगाउन नमिल्ने र सानु भण्डारीको डायरीको आधिकारिकताबारे पनि जाँचबुझ हुनुपर्ने इजलासमा माग गरे ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ