शुक्रबार, चैत्र २७, २०८२

लागुऔषध कारोबारीलाई सई बालकृष्ण संजेलले घुँडामुनि गोलि हाने


कान्तिपथ


काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै आज गोली चलेको छ। लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले सिनामंगलस्थित शम्भु मार्गमा लागुऔषधका कारोबारीविरुद्ध गोली चलाएको हो। लागुऔषध नियन्त्रण ब्युरोमा थपलिया आएको एक महिना नपुग्दै यो अपरेसन भएको हो । इन्स्पेक्टर राजन श्रेष्ठको कमाण्डमा खटिएको टोलीले लागुऔषधका कारोबारीलाई पक्राउ गरेको थपलियाले बताए ।

गोली लागेर विकास भगवत घाइते भएका छन्। उपचारका लागि उनलाई केएमसी अस्पताल भर्ना गरिएको छ। एसएसपी गोविन्द थपलियाले लागुऔषध किनबेच भइरहेको सूचना पाएर पुगेको ब्युरोको टोलीविरुद्ध गोली हानिएपछि प्रहरीले जवाफी फायरिङ गरेको जानकारी दिए।

उनको घुँडामुनि गोली हानिएको हो। लागुऔषधका कारोबारीलाई नेपाल प्रहरीका सई बालकृष्ण संजेलले गोलि चलाईएको बताईएको छ । उनका साथमा रहेका केही व्यक्ति भने भाग्न सफल भएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत