बुधबार, फाल्गुन ६, २०८२

पोखरामा आज पहिलो अन्तर्राष्ट्रिय विमान अवतरण हुँदै


कान्तिपथ


काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो पटक अन्तर्राष्ट्रिय उडान हुने भएको छ । चिनिँया जहाज ‘सिचुवान एयरलाइन्स’ को जहाज पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्न लागेको हो ।

चीनको छेन्दु – तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान भरेर नेपाल आउन लागेको सो जहाज बुधबार बिहान ९ः३० बजे पोखरा विमानस्थल अवतरण गर्नेछ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार सिचुवानको एयरबस ए–३१९ विमानमार्फत १३० जना यात्रु पोखरा विमानस्थलमा अवतरण हुने छन्। उक्त विमान करिब दुई घण्टा पोखरामा विमानस्थलमा बसेर काठमाडौँ हुँदै बुधबारै चीनको छेङ्दु फर्किने छ।

उहाँले भन्नुभयो, “सोही उडानमार्फत हाल चीन भ्रमणमा रहनुभएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सांसदहरू प्रदीप यादव, धवलशमशेर जबरा, दीपा गुरुङ, उदयबहादुर बोहरा, हरिशङ्कर चौधरी र जीवन परियारसहित नौ जना समेत पोखरामा अवतरण गर्नुहुनेछ।” 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत