बागमती प्रदेश सरकारले प्रदेशका नौ जिल्लामा ‘भ्यु टावर’ निर्माण गरेको छ । पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० सम्ममा नौ वटा ‘भ्यु टावर’ बनाउन २३ करोड ८७ लाख ८८ हजार ७६८ रुपियाँ खर्च भएको छ ।
बागमती प्रदेशका १३ जिल्लामध्ये मकवानपुर, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, रामेछाप, सिन्धुली, नुवाकोट, धादिङ र दोलखामा ‘भ्यु टावर’ सम्पन्न भएको हो ।
२०७६ सालमा सम्झौता गरेर २०७९ सालसम्ममा सबै ‘भ्यु टावर’ को निर्माण सम्पन्न भएको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयका सूचना अधिकारी अमृतकुमार श्रेष्ठले जानकारी दिनुभयो । काठमाडौँ, ललितपुर, भक्तपुर र चितवनमा भने भ्यु टावर निर्माण गरिएको छैन ।
मकवानपुर जिल्लाको चित्लाङ ‘हिल स्टेसन’ निर्माणका लागि प्रदेश सरकारले दुई करोड ९९ लाख ४१ हजार ८७३ रुपियाँ उपलब्ध गराएको थियो । नुवाकोटको ककनी ‘हिल स्टेसन’ तीन करोड ३२ लाख ३२ हजार ६५९ रुपियाँमा निर्माण सम्पन्न भएको हो ।
सिन्धुपाल्चोकमा तीन करोड पाँच लाख २६ हजार ८७८ रुपियाँमा ‘भ्यु टावर’ निर्माण भएको थियो । पर्यटन विकास आयोजना, हेटौँडा अन्तर्गत निर्माण भएका यी ‘हिल स्टेसन’ २०७६ सालमा सम्झौता भई २०७७ सालमा निर्माण सम्पन्न भएका हुन् ।
२०७७ सालमा सम्झौता भई २०७८ मा सम्पन्न भएका ‘हिल स्टेसन’ मा काभ्रेको रोसी भूमिचुलीमा दुई करोड १९ लाख ८१ हजार ६५३ रुपियाँ, रामेछापको गोगनपानी सुलीथुम्का खाँडादेवी–५ मा दुई करोड ६५ लाख ८६ हजार ३४७ रुपियाँमा र सिन्धुली जिल्लाको सिद्दबाबा चुचुरोमा दुई करोड सात लाख ५५ हजार ९२० रुपियाँमा ‘भ्यु टावर’ निर्माण भएको मन्त्रालयले जनाएको छ ।
यसै गरी नुवाकोटको चिम्टेश्वरमा दुई करोड ७४ लाख ३८ हजार ७६८ रुपियाँमा, धादिङको तोप्लाङमा दुई करोड १८ लाख ८९ हजार ६६९ रुपियाँमा र दोलखा जिल्लाको जिरी ‘हिल स्टेसन’ दुई करोड ६४ लाख ३४ हजार ९९६ रुपियाँको लागतमा निर्माण सम्पन्न भएका मन्त्रालयले जनाएको छ । यी ‘हिल स्टेसन’ २०७७ सालमा सम्झौता भई २०७९ मा सम्पनन भएका हुन् ।
पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय अन्तर्गतको पर्यटन विकास आयोजनाका अनुसार ‘भ्यु टावर’ सँगै शौचालय र सभा हल पनि निर्माण भएका छन् । भौतिक संरचनाको प्रगति पूरै भए पनि लागत अनुमानको ८५ देखि ९० प्रतिशत खर्च भएको श्रीवास्तवले बताउनुभयो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ