शनिबार, चैत्र ९, २०८१

हात्तीलाई वनभोज (फोटो फिचर)


कान्तिपथ


चितवन- चितवनको पर्यटकीय नगरी सौराहामा १२औँ अन्तर्राष्ट्रिय हात्ती दिवसको अवसरमा पर्यटन व्यवसायी र संरक्षणकर्मीहरुले हात्तीलाई वनभोज खुवाएर मनाएका छन् ।

हात्ती दिवसकै दिन यहाँ हात्ती वनभोज गर्दै सरकारी तथा निजी स्तरका हात्तीहरुलाई खिर, केक, विभिन्न फलफूल, सखरसहितको भोजन खुवाइने गरिन्छ ।

युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाले बाघमारा मध्यवर्ती सामुदायिक वनको कार्यालय परिसरमा हात्ती बनभोज कार्यक्रमको आयोजना गरिएको थियो । सरकारी र निजी स्तरमा पालेका ६५ वटा हात्तीलाई लस्करै राखेर मिष्ठान्न भोजन गराइएको कार्यक्रम संयोजक कृष्णप्रसाद खतिवडाले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिति चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापुनले हात्तीलाई केक खुवाएर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । चामल र भेलीको खिर र केक सहित उखु, सख्खर, चना, फर्सी, ड्रागनफूड, स्याउ, केरा, खरभूजा खुवाइएको छ ।

सौराहाको पर्यटन विकासमा हात्तीको महत्त्व दर्शाउँदै सफारी पर्यटनलाई जिवित राख्ने उद्देश्यले हात्ती दिबस मनाइएको युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले बताउनुभयो ।

चितवन निकुञ्जमा दरबन्दी रहेका ५० वटा, राष्ट्रिय प्रकृति संरक्षण कोषमा ७ वटा र सौराहामा निजी स्तरमा पालेका ५० वटा हात्ती रहेको युनाइटेडका उपाध्यक्ष शम्भूप्रसाद मालीले जानकारी दिनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत