बिहिबार, फाल्गुन १०, २०८०

दाङको देविकोटमा प्याराग्लाइडिङको उडान (फोटो फिचर)


कान्तिपथ


दाङ- दाङमा प्याराग्लाइडिङको परिक्षण उडान सफल भएको छ । लुम्बिनी प्रदेशको राजधानीस्थल राप्ती गाउँपालिका-९ देविकोट चुचुरोबाट प्याराग्लाइडिङको परिक्षण उडान सफल भएको हो ।

बाबु एडभन्चर्सका प्रमुख पाइलट सानुबाबु सुनुवारसहित तीन जनाले पाइलटले पहिलो चरणमा परिक्षण उडान भर्नुभयो । त्यसपछि लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ति, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट, राप्ती गाउँपालिका-४ का वडा अध्यक्ष बिरबहादुर चौधरी, महिला नेतृ दिलकुमारी रोका, रिडि राप्ती एग्रो प्रालिका अध्यक्ष मानबहादुर बुढा मगर र पत्रकार गोविन्द खड्काले उडान भर्नु भयो ।

पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले राप्ती गाउँपालिका वडा नम्बर ९ देविकोटबाट व्यावसायिक रुपमै प्याराग्लाइडिङ गर्ने तयारीका साथ प्याराग्लाइडिङको उद्घाटन गरिएको हो । पर्यटकलाइ आकर्षित गर्न शुक्रबार उडान भरिएको थियो ।

देवीकोटबाट उडान गरिएको प्याराग्लाइडिङको ल्याण्डिङ राप्ती गाउँपालिका ४ सुन्दरपुरमा गरिएको थियो । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर र राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले संयुक्त रुपमा प्याराग्लाइडिङको उद्घाटन गर्दै पर्यटन प्रबर्द्धनमा नयाँ इट्टा थपिएको प्रतिक्रिया दिनुभयो ।

यस्तै देविकनेटमा राप्ती एग्रो रिसोर्टको समेत शिलान्यास गरिएको छ । प्रालिका अध्यक्ष मानबहादुर बुढाको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरको प्रमुख आतिथ्यता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको विशिष्ट आतिथ्यतामा रिसोर्टको शिलान्यास गर्नु भएको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत