काठमाडौं । संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत विश्व प्रसिद्ध लुम्बिनी क्षेत्रलाई खतराको सूचीमा राख्ने चेतावनी दिएलगत्तै नेपालले कम्तीमा पनि दुई वर्ष खतराको सूचीमा नराख्न आग्रह गर्दै १२ बुँदे पत्र पठाएको छ।
विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रमा युनेस्कोको मापदण्डविपरीत लुम्बिनी क्षेत्र विकास कोषले विभिन्न क्षेत्रमा जथाभावी रूपमा पुनर्निर्माणगरेपछि युनेस्कोले खतराको सूचीमा राख्ने तयारी गरेको हाे।
जुलाई २१ देखि ३१ सम्म भारतको नयाँ दिल्लीमा हुने बैठकमा लुम्बिनी क्षेत्रलाई खतराको सूचीमा राख्ने तयारी गरेको छ ।
विश्वसम्पदा समितिको बैठकमा भाग लिन आइतबार नेपालबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेश पाण्डे, सहसचिव एवं संस्कृति महाशाखा प्रमुख डा. सुरेशसुरज श्रेष्ठ, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, विभागका विश्वसम्पदा शाखा प्रमुख रमेशराज पौडेलसहितको टोली दिल्ली जाँदै छन्।
युनेस्कोले दिएको पछिल्लो प्रतिवेदनमा लुम्बिनी क्षेत्र विकास कोषले निरन्तर रूपमा विश्व सम्पदा क्षेत्रमा निर्माण नरोकेका कारण खतराको सूचीमा राख्न लागिएको उल्लेख छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ