काठमाडौं । नेपाल वायुसेवा निगम नेतृत्वको कमजोरीले गत मंसिरदेखि वैशाखसम्म इजरायलमा गएर थन्किएको न्यारोबडी जहाजका कारण १ अर्ब रुपैयाँभन्दा बढी घाटा लागेकाे छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालले निगमको ए३२० को “एनएकेएक्स”नामक लुम्बिनी जहाजको इन्जिन मर्मत गर्न इजरायल पठाएर ५ महिनासम्म थन्काएको विषयमा छानबिन गर्न समिति गठन भएको थियो ।
उक्त समितिले तयार गरेको प्रतिवेदनमा निगम नेतृत्वको कमजोरीका कारण एक अर्ब रुपैयाँभन्दा बढीको घाटा भएको हो । यस्तो घाटा निगमले सो समयमा गर्ने नियमित उडान, हवाई टिकट बिक्री सहितका वास्तविक आधारमा हिसाब गर्ने हो भने त्योभन्दा बढी हुने उल्लेख छ ।
निगम नेतृत्वले गरेको हेलचक्र्याई, जहाज मर्मतमा भएको ढिलाइ, निगमले छिटो मर्मत गरेर जहाज दिने विषयमा दबाब दिन नसकेको र अवाश्यक क्षतिपूर्ति दाबी गर्नसमेत नसकेको विषयमा निगम नेतृत्वको चरम कमजोरी भएको छानबिन समितिको प्रतिवेदनमा छ ।
उक्त जहाजको विषयमा अध्ययन गर्न पर्यटन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरको संयोजकत्वमा गठन गरेको उक्त समितिले प्रतिवेदन पर्यटन मन्त्रालयलाई बुझाएका छ । उक्त प्रतिवेदन सार्वजनिक भने भएको छैन ।
वायुसेवा निगमले इन्जिन परिवर्तन गर्ने नाममा न्यारोबडी मंसिरदेखि वैशाख १६ गतेसम्म इजरायलमा थन्काएर कमजोरी गरेको र नियामक निकायको अनुमतिबिना इन्जिन बाहेकको सबै मर्मत सीचेकमा वाइडबडी जहाज पठाउनुलाई निगम नेतृत्वको चरम लापरवाही र कमजोरी भएको प्रतिवदेनमा उल्लेख गरिएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ