काठमाडाैं । ५ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
शनिबार डिप्लोमा प्रमाण पत्र तहको निःशुल्क छात्रवृत्तिका लागि भएको छनोट परीक्षामा सहभागी हेटौंडाका २ विद्यालयबाट ५ जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार सिद्धार्थ माध्यमिक विद्यालय र भुटनदेवी माध्यमिक विद्यालयबाट ५ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको हो ।
हेटौंडा उपमहानगरपालिका–४, स्थित भुटनदेवी माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ४ जना र हेटाैँडा उपमहानगरपालिका–२ स्थित सिद्धार्थ मावि परीक्षा केन्द्रबाट १ जनागरी ५ जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।
प्रहरीले भुटनदेवी माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट बारा पर्वानीपुर नगरपालिका–२ का २० वर्षीय नरेन्द्र महतोले रौतहट घर भएका १९ वर्षीय असाव आलमको नाममा परीक्षा दिइरहेका थिए ।
त्यस्तै, चितवनको भरतपुर महानगरपालिका–८ का १५ वर्षीय रुपेश यादवले १८ वर्षीय निमेश राय यादवको नाममा परिक्षा दिइरहेका थिए भने सर्लाहीको विष्णु गाउँपालिका–७ का १८ वर्षीय राजिव कुमार राउतले सिराहाका १८ वर्षीय ललन कुमार यादवको ठाउँमा परीक्षा दिँदै थिए ।
त्यस्तै, रौतहटको गरुडा नगरपालिका–२ का १८ वर्षीय लालबाबु सहनीले सर्लाहीका १८ वर्षीय सुनिल महतोको नाममा परीक्षा दिइरहेका थिए । सिद्धार्थ मावि परीक्षा केन्द्रबाट धनुषा उपमहानगरपालिका–१२ का २० वर्षीय रमेश यादवलाई शंका लागेर सुरक्षा जाँच गर्दा बारा पचरौता गाउँपालिका–५ का राकेश कुमार ठाकुरको नाममा परीक्षा दिइरहेको अवस्थामा पक्राउ गरेको थियो ।
नक्कली परीक्षार्थी नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ