काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) श्यामलाल ज्ञवालीविरूद्ध प्रहरी प्रधान कार्यालयले छानबिन गर्न समिति गठन गरेको छ।
प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले एआइजी टेकप्रसाद राईको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेका हुन्।
उनीविरूद्ध छानबिन निर्देशनालयमा उजुरी परेको थियो। ज्ञवाली उमेर हदका कारण आउँदो भदौ २६ गते अनिवार्य अवकासमा जाँदैछन्।
निर्देशनालयमा प्रमुख एसएसपी छन्। यद्यपि एआइजीमाथि छानबिन गर्न एसएसपी तहको दर्जाले नमिल्ने भएकाले एआइजी राईको नेतृत्वमा समिति गठन भएको हो।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार एआइजी ज्ञवालीविरूद्ध विभिन्न उजुरी परेकाले छानबिन गर्न लागेको हो। कतिपय मुद्दा पहिल्यै छानबिन भइसकेको विषयमा पनि उजुरी परेको स्रोतले जनाएको छ।
६० किलो सुन प्रकरणमा फरार रहेका जीवन चलाउनेको विषय, उमेर विवाद, नक्कली सर्टिफिकेट, छोराछोरीलाई विदेशमा राखेको लगायत विषयहरू छन्।
तत्कालीन गृहमन्त्री रवि लामिछानेको आडमा ज्ञवालीले पदीय जिम्मेवारीको दुरुपयोग गरेर अनुचित लाभका लागि व्यापारी, राजनीतिज्ञहरुलाई तर्साउने काम गरेको बताइएको छ ।
प्रहरीको व्यावसायिक मर्यादालाई नै धुमिल बनाउने गरी ज्ञवालीले शक्तिको व्यापक दुरुपयोग गरेको आरोप छ । कुनै प्रमाण र तथ्य भन्दा प्रतिशोधका आधारमा व्यक्ति पक्राउ गर्नेदेखि अनुसन्धानका नाममा दुख दिने काम ज्ञवालीले गरे ।
उनले प्रहरी नेतृत्वसँग कुनै पनि समन्वय नगरी गृहमन्त्रालयमा बसेर प्रहरी संगठन चलाउन खोजे पनि । गृहमन्त्री लामिछानेसँग मिलेर आईजीपी बसन्त कुँवरलाई नै बाइपास गरेर प्रहरी संगठन चलाउन खोजेको समेत आरोप उनीमाथि लागेको छ ।
त्यतिमात्र नभएर सहकारी ठगी प्रकरणमा लामिछानेको संलग्नतासम्बन्धि प्रहरीले गरिरहेको अनुसन्धानलाई कमजोर बनाउँदै प्रमाण नष्ट गर्न ज्ञवालीले प्रमुख भूमिका निर्वाह गरेको आरोप छ ।
व्यक्तिको गोपनीयता र उसको प्रतिष्ठालाई धुलिसात बनाउने लामिछानेको बलियो सारथी बनेर ज्ञवालीको संगठनको व्यापक दुरुपयोग गरेनन् प्रहरी अनुसन्धानलाई नै ढिसमिस पारिदिए भने प्रमाणहरु पनि नष्ट गर्न सक्रिय भूमिका खेले । जसको अहिले प्रहरीभित्र व्यापक चर्चा छ ।
गृहमन्त्री बनेलगत्तै लामिछानेले सुरुमै सिआइबी प्रमुख किरण बज्राचार्यलाई हटाएर ज्ञवालीलाई ल्याए । र ज्ञवालीलाई सिआइबी प्रमुख बनाउँदा लामिछानेले भनेका थिए, सहकारीमा मलाई जोगादिनुस्, तपाईलाई आइजीपी म बनाउँछु ।
गृहमन्त्रीबाटै यस्तो प्रस्ताव आएपछि सीआइबी प्रमुखको नेतृत्व पाएका ज्ञवालीले आइजीपीलाई हटाएर आफु प्रहरीको नेतृत्वमा आउन निकै प्रयास गरे ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ