काठमाडौं । पछिल्लाे समयमा तीजको नाममा अश्लिल गीतहरु निकाल्ने क्रम बढेपछि केही संघ संस्थाले यस्तो गीतहरुलाई सामुहिक बहिस्कार समेत गरेका छन् ।
यसै क्रममा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले तीजलाई लक्षित गरेर हालै बजारमा ल्याइएका ५ वटा गीतलाई सामुहिक बहिष्कारको घोषणा गरेको छ ।
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले अहिले बजारमा आएका कबिता खत्री र भागिरथ चलाउनेको ‘दिउँला बरिलै…’, प्रिति आलेको ‘मादलु घन्काउँदै’, केशर ओली र सुमन थापाको ‘टिकटकमा भाइरल हल्लाएरै हो’, शान्तिश्री परियार र हरि गिरी बिमर्शीको ‘बिस्ताराले पोल्यो’ र प्रिति आले र प्रकाश शर्माको ‘चियर्स बियर’ तीज गीतलाई पूर्ण बहिष्कारको घोषणा गरेका छन् ।
तीजको नाममा निकालिएका यी गीतहरुको शब्द दुई अर्थ भएको र यसको भिडियो पनि अस्लिल भएको दाबी छ ।
लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतम र सचिव कमल सरगमले प्रेस विज्ञप्ति जारी गर्दै यस्ता विकृतिजन्य गीतहरुले नेपालको धर्म, संस्कृति र सिङ्गो संगीत क्षेत्रमाथि क्षति पुग्ने बताएका छन् ।
नेपाल पत्रकार महासंघ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, राष्ट्रिय संगीतकर्मी संघ नेपाल, म्यूजिक भिडियो निर्देशक समाज नेपाल, म्यूजिक भिडियो कलाकार संघ नेपाललाई समेत यस्तो गीतहरुलाई रोक लगाउन लोक सञ्चारकर्मी नेपालले अपिल गरेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ