शुक्रबार, असार ६, २०८२

आफ्नै सहकर्मी ताक्ने हाकिमको जागिरै चट


कान्तिपथ


काठमाडौँ। नेपाली सेनाका एक प्रमुख सेनानीको जागिर गएको छ।

घरमा श्रीमती हुँदाहुँदै आफ्नै सहकर्मीलाई होटलमा बोलाएको काण्डमा दोषी पाइएपछि प्रमुख सेनानी विशेष पौडेल कारबाहीमा परेका हुन्।

सैनिक अदालतले उनलाई सेवाबाट हटाउने फैसला गरेको बताइएको छ।

दुई महिना हिरासतमा बसेका उनलाई गत शुक्रबार सैनिक आचरणविपरीतको कसूरमा दोषी ठहर गर्दै अदालतले सेवाबाट हटाउने फैसला सुनाएको हाे। कारबाहीस्वरुप जागिरबाट निकालिएको छ।

पौडेलको परिवारमा श्रीमती, एउटा छोरा र एउटी छोरी छन्।

काठमाडौंको डिल्लीबजारस्थित बन्दोबस्ती अड्डामा कार्यरत उनले अनैतिक उद्देश्यसहित होटलमा बोलाएको भन्दै महिला ब.का.सि (बन्दोबस्ती कार्य सिपाही) ले केही महिनाअगाडि उजुरी दिएकी थिइन्।

त्यसलगत्तै उनलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको थियो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत