काठमाडौँ । एमालेका पूर्वमन्त्री र कलाकारसहित ११ जना जुवाडे पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका-८ गौरिघाटस्थित काभ्रे बनेपा नगरपालिका-१२ घर भएका ४१ वर्षीय राजु महतको कोठामा जुवातास खेलिरहेको अवस्थामा शनिबार साँझ कोशी प्रदेशका एमालेका पूर्वमन्त्री तथा बुद्धि कुमार राजभण्डारीसहित ११ जनालाई प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा प्रदेश सांसद तथा कोशी प्रदेशका पूर्वमन्त्री बुद्धि कुमार राजभण्डारी, सोलुखुम्बुको सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष बिर बहादुर राई र कलाकार पुरुषोत्तम शर्मासहित ११ जना छन् । शर्मा टेलिसिरियल ‘सक्किगो निँ’ का कलाकार हुन् ।
पक्राउ पर्नेहरुमा उत्तम कुमार राई, अनिश तामाङ, ठुला तामाङ, दिपक खड्का, भिम बहादुर साम्बाहाम्फे, रवि श्रेष्ठ, राजु महत र माधव थापा छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७० हजार रूपैयाँ र १६ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ