देव चौलागाईं, काठमाडाैं । राष्ट्रसेवासँगै साहित्य सिर्जनामा रमाईरहेका डिआइजी चन्द्रकुमार खापुङ सेवाको हिसावले राष्ट्रसेवक रहेका कवि, गितकार चन्द्रकुरमार खापुङ सबैको मनमष्तिष्कमा बस्न सफल भैसकेका छन् ।
प्रहरी सेवामा रहेर अहोरात्र जनताको सेवामा तल्लिन उनी ड्युटी समयबाहेक आफ्नो मनको भावनालाई अक्षरमार्फत सुन्दर कृतिको सिर्जना गर्न माहिर मानिन्छन् ।
उनको सिर्जनामा प्रेमिल भाव झल्किन्छ । लिम्वु गाउँमा हुर्किएका उनका कयौ दौतरीहरु बाहिरी देशको लाहुरेमा भर्ती भएको देख्दा उनका बाबाआमाले पनि आफ्नो छोरा पनि लाहुरे बने हुन्थ्यो भनेर नसोचेका त कहाँ होलान र ?
तर उनलाई आफ्नै देशको माटोको माया अगाद्य बन्यो र उनी नेपाल प्रहरीको अधिकृतमा भर्ती भए । अहिले उनी कोशी प्रदेश प्रमुख नेपाल प्रहरीको डिआइजी पदमा रहेर काम गरिरहेका छन् ।
मृदु भाषी, सरल र सहयोगी भावनाका धनी खापुङ आफ्नो ड्युटी समयमा निकै सजक र सचेत रहेर काम गर्ने गर्छन ।
धेरै प्रहरी अधिकृत विभिन्न मुद्धामा बद्नामी खेपिरहेका बेला उनी अहिलेसम्म कुनै पनि त्यस्ता अनैतिक कार्यमा जोडिएका छैनन् ।
२०५२ सालदेखि प्रहरी सेवामा प्रवेश गरेका उनलाई द्वन्दकालमा गोली समेत लागेको थियो ।
गोलीको घाउलाई पनि उनले यिनै साहित्य सिर्जनामार्फत बिर्सने गर्छन ।
आफूलाई अनुशासित बनाउँदै साहित्य सिर्जनामार्फत नेपाली साहित्यमा एउटा ईट्टा थप्ने काम गरेका यि साहित्यप्रेमी कर्मठ राष्ट्र सेवक खापुङलाई सलाम !
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ