भारतमा अहिले नायक-नायिकाको विवाहको चर्चा खुबै चल्ने गरेको छ । प्रेम र बिवाहबारे राेचक कुराहरु पछिल्लाे समय धेरै बाहिरिने गर्छन् । त्यस्तै केहि यस्ता नायिकाहरुको चर्चा गरिएको छ जसको बलिउडमा सुन्दरताको अझैपनि चर्चा हुन्छ । उनिहरूको उमेर ढल्किएर बुढ्याैली लागि सक्यो तर केहि नायिकाहरू बिवाह नगरी बसेका छन् ।
भनिन्छ उनीहरूले जीवनभर विवाह नगर्ने कसम नै खाएका छन् ।
-Sushmita Sen (सुष्मिता सेन)
नायिका तथा पूर्व मिस युनिभर्स सुष्मिता सेनको प्रेमको चर्चा विक्रम, भट्ट, मुद्दसर अजीज, सञ्जय नारंग, रणदीप हुड्डा, इम्तियाज खत्री, बन्टी सचदेव, अनिल अम्बानी र वासिम अक्रिमजस्ता व्यक्तिसँग थियो । यति धेरै अफेयर्सका बाबजुद उनी दुई धर्म बच्चाकी एकल आमा हुन् । उनी निकै कान्छा युवकसँग प्रेममा छिन् तर बिवाह गर्ने कुनै सोच नभएको बताउछिन् ।
-Tabu (तबु)
तब्बू हिन्दी फिल्म जगतकी उत्कृष्ट अभिनेत्रीमध्ये एक हुन् । चाँदनी बारको कुरा होस् वा मकबूल वा हैदर, तब्बूले आफ्नो अभिनयमार्फत् देश–विदेशका प्रशंसकलाई आफ्नो प्रशंसक बनाएकी छिन् । ४ नोभेम्बर सन् १९७१ मा हैदराबादमा जन्मिएकी अभिनेत्रीको पूरा नाम तबस्सुम हाशमी हो । उनी सानै हुँदा उनकी आमा रिजवान र पिता जमाल हाशमीको सम्बन्धविच्छेद भएको थियो ।
तब्बूले अहिलेसम्म विवाह गरेकी छैनन् । उनको नाम धेरै अभिनेतासँग जोडिँदै आइरहेकाे हामिले समाचारमा सुन्ने गरेका छाैँ, तर भने उनी अहिलेसम्म बिहे गरेकि छैनन् । उनी १५ वर्षसम्म दक्षिण भारतीय अभिनेता नागार्जुनसँग प्रेम सम्बन्धमा थिइन् । तर, नागार्जुन विवाहित थिए । त्यसैले उनीहरुको बीचमा विवाह हुन सकेन ।
Ameesha Patel (अमीषा पटेल)
चर्चित बलिउड फिल्म ‘कहो ना प्यार है’ बाट डेब्यू गरेकी अमीष पटेलले पनि विवाह गरेकी छैनन् । कुनै समय धेरै युवाको मनमा बस्न सफल यी नायिका लगातार फ्लप फिल्मपछि भने फिल्मी क्षेत्रबाट टाढा हुँदै गइन् ।
उनी विक्रम भट्टसँग प्रेम सम्बन्धमा थिइन् । यी दुईको बीचमा करीब ५ वर्ष अफेयर्स चलेको थियो । उनीहरुले सन् २००७ मा यो सम्बन्ध टुंग्याएका थिए । त्यसपछि उनी कनव पुरी नामक व्यवसायीसँग पनि सम्बन्धमा थिइन् तर यो सम्बन्ध पनि आफ्नो लक्ष्यमा पुग्न सकेन । सन् २०१० मा यो सम्बन्ध पनि सकिएसँगै उनले सञ्चारमाध्यम विवाह गर्ने मन नरहेको बताएकी थिइन् ।
-परबीन वेबी
७०–८० को दशकमा खुल्लपन नआउँदा पनि आफ्नो स्वतन्त्रतामा बाँच्न रुचाउने नायिका परवीन बेबी तीन व्यक्तिसँग प्रेमसम्बन्धमा थिइन् । तर, जीवनभर विवाह भने गरिनन् ।
उनले जीवनमा डेनी, कबीर बेदी र महेश भट्टसँग प्रेम सम्बन्धमा जोडिन् । परवीन बेबीले अध्यात्मसँग जोडिने चक्करमा फिल्म क्षेत्रबाट बिदा लिएकी थिइन् । सन् २००५ मा उनको निधन भयो ।
-uraiya (सुरैया)
अभिनय र सौन्दर्यको कारण निकै चर्चा कमाएकी सुरैया । उनी देव आनन्दलाई प्रेममा पार्न सफल भएकी थिइन् । उनीहरुको बीचमा पहिलो भेटमा नै प्रेम भएको थियो । उनीहरुको सम्बन्ध नायिकाका परिवारलाई भने मन परेको थिएन । उनीहरुको प्रेम सम्बन्ध छुटेको थियो । त्यसपछि सुरैयाले विवाह गरिनन् । सन् २००४ मा उनको निधन भयो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ