बुधबार, फाल्गुन ६, २०८२

बेलायतले लगानी सम्मेलनमा मस्कलाई नबोलाउने


कान्तिपथ


काठमाडौँ । एलन मस्कलाई बेलायत सरकारले अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा निमन्त्रणा नदिएको विषय चर्चामा रहेको छ ।

गत महिना बेलायतमा भएको दंगाका क्रममा उनले सामाजिक सञ्जालमा पोष्ट गरेका कारण उनलाई यो सम्मेलनमा निमन्त्रणा नगरिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

गत महिना साउथपोर्टमा छुरा प्रहार गरी तीन बालिकाको हत्या भएपछि देशभर हिंसात्मक झडप भएको थियो । यसपछि मस्कले बेलायती प्रधानमन्त्री कियर स्टाररलाई आफ्नो सामाजिक सञ्जाल एक्समा लगातार हमला गर्दै देश गृहयुद्धतर्फ गइरहेको उल्लेख गरेका थिए ।

आगामी अक्टोबरमा हुन लागेको लगानी सम्मेलनमा विश्वभरका ठूला लगानीकर्ताको सहभागिता रहने अपेक्षा गरिएकोमा मस्कलाई बेलायत सरकारले निमन्त्रणा नगरेको बिबिसीले उल्लेख गरेको छ ।
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत