शुक्रबार, चैत्र २७, २०८२

सिमानामा गाेली चल्याे : ६ काे मृत्यु, १२ जना घाइते


कान्तिपथ


काठमाडाैं । मेक्सिको र ग्वाटेमालाको सिमानामा ६ जना मारिएका छन्।

मेक्सिकोको चियपसस्थित हुक्स्लामा ३३ जना आप्रवासी बोकेको ट्रकमा मेक्सिकन सेनाले गोली चलाउँदा नेपालीसहित ६ जनाको मृत्यु भएको हो।

मेक्सिकोको रक्षा विभागले त्यसरी गोली चल्दा नेपाल, भारत र पाकिस्तानका सहित ६ जना मारिएको सार्वजनिक गरेको समाचार एशोसियटेड प्रेसलाई उद्धृत गर्दै भारतीय अखबार द हिन्दुस्तान टाइम्सले लेखेको छ।

मारिनेहरुको पहिचान भने खुलाइएको छैन। बुधबार ३३ जना सवार ट्रक दुई जना मेक्सिकन सैनिकले गोली चलाउँदा चार जनाको घटनास्थलमै मृत्यु भएको र १२ जना घाइते भएका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत