शनिबार, मंसिर २९, २०८१

करिब २१ किलो अवैध चाँदीसहित ३ जना पक्राउ


कान्तिपथ


बारा । जीतपुर सिमरा उपमहानगरपालिका-२१ अमलेखगंजबाट करिब १४ किलो अवैध चाँदीका विभिन्न गरगहना सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा प्रसौनी गाउँपालिका-६ प्रस्टोका बस्ने ३३ वर्षीय सन्तोष साह सोनार र जीतपुर सिमरा उपमहानगरपालिका-८ गमरगावाटोल बस्ने २७ वर्षीय सुरेश महतो रहेका छन् ।

इलाका प्रहरी कार्यालय अमलेखगंज बाराबाट खटिएको प्रहरीले ना.५२ प २५८४ नम्बरको मोटरसाइकल चालक सन्तोष लाई करिब ९ किलो चाँदी र ना. ५५ प ३९३२ नम्बरको मोटरसाइकल चालक सुरेशलाई करिब ५ किलो चाँदी सहित पक्राउ गरेको हो ।

उनीहरूले मोटरसाइकलको ट्याङ्कीभित्र फल्स बटम बनाई लुकाई छिपाई उक्त चाँदी ल्याएको खुल्न आएको छ ।

यसैगरी रौतहट, गौर नगरपालिका-१ स्थित गौर भन्सार कार्यालय अगाडि सडकबाट ७ किलो १ सय ८७ ग्राम चाँदीका विभिन्न गरगहना सहित भारत सितामढी बैरगनिया नगरपरिषद-८ असोगी बस्ने ६२ वर्षीय चन्देश्वर साहलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा खटिएको प्रहरीले भारतको बैरगनियाबाट गौरतर्फ आउँदै गरेको बीआर ३० एफ ६६३५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा ट्याङ्की मुनि प्लाष्टिकको पोकाभित्र लुकाई छिपाई राखेको चाँदीको पाउँजु लगायतका उक्त तौलको विभिन्न किसिमको गरगहनाहरू फेला पारी चालक चन्देश्वरलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौरमा पठाइएको छ ।

यस बिषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत