बुधबार, चैत्र २५, २०८२

अभिनेता खानमाथि चक्कु प्रहार


गणेश विक


काठमाडौँ । बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु आक्रमण भएको छ ।

एक अज्ञात व्यक्ति सैफ अली खानको घरमा पसेर चक्कुले आक्रमण गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । घरमै सैफ र ती व्यक्तिबीच झगडा भएको र उनलाई चक्कुले आक्रमण गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

अंग्रेजी पत्रिका हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार, बिहान करिब २.३० बजे सैफ अली खान र उनकी श्रीमती करीना कपूरको बान्द्रास्थित घरमा चोर पसेको थियो । यस समयमा सैफ अली खान आफ्नो परिवारसँग घरमा थिए ।
आक्रमणपछि चोर घटनास्थलबाट भागेको र प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको बताइएको छ ।

सैफ अली खानलाई हाल लीलावती अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

सैफलाई गएराती ३:३० बजेतिर लीलावती अस्पताल पुर्याइएको थियो । उनलाई छ ठाउँमा चोट लागेको र जसमध्ये दुई गहिरो घाउ रहेको अस्पतालले जानकारी दिएको छ । एउटा घाउ मेरुदण्ड नजिकै रहेको र उनको शल्यक्रिया भइरहेको अस्पतालले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ । शल्यक्रिया पछि मात्र चोटको गहिराइ पत्ता लगाउन सकिने अस्पतालले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत