काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गर्ने विरुद्ध मुद्दा दायर गरेको छ ।
चितवनको भरतपुर महानगरपालिका वडा नं.२६ बस्ने नन्दलाल पौडेलविरुद्ध मुद्दा दायर गरिएको हो ।
सरकार प्रतिवादी अमृता कोइरालासमेत प्रतिवादी भएको मुद्दामा सरकारी साक्षीको रूपमा पेश गरिएका पौडेलले प्रतिकूल हुने गरी बकपत्र गरेको अख्तियारको दाबी छ ।
अनुसन्धान अधिकृतलाई सहयोग गरेको कारण भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजायमा छुट दिई सरकारी साक्षीको रूपमा पेश गरिएकोमा पौडेलले विशेष अदालत, काठमाडौँ समक्ष बकपत्र गर्दा आयोगमा अनुसन्धानको क्रममा गरेको बयान ब्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
जिल्ला चितवन, भरतपुर महानगरपालिका वडा नं.२६ बस्ने नन्दलाल पौडेल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
वादी नेपाल सरकार प्रतिवादी अमृता कोइरालासमेत भएको (मुद्दा नं. ०८१-CR-०००९) घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षीको रुपमा पेश गरिएका नन्दलाल पौडेलले प्रतिकूल हुने गरी बकपत्र गरेको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला चितवन, भरतपुर महानगरपालिका वडा नं.२६ बस्ने नन्दलाल पौडेलले वादी नेपाल सरकार प्रतिवादी अमृता कोइराला भएको भ्रष्टाचार मुद्दामा अनुसन्धानको क्रममा अनुसन्धान अधिकृतलाई सहयोग गरेको कारण भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजायमा छुट दिई सरकारी साक्षीको रुपमा पेश गरिएकोमा निजले विशेष अदालत, काठमाडौं समक्ष बकपत्र गर्दा आयोगमा अनुसन्धानको क्रममा गरेको बयान व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टी भएकोले निज नन्दलाल पौडेलले संचालन गरेको APLUS MEDICO बाट बी.पी. कोईराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा औषधि सप्लाई गरेवापत प्राप्त गर्नुपर्ने भुक्तानी रकम प्राप्त गर्नको लागि प्रतिवादी अमृता कोईरालालाई रु.१,५०,०००।– नगद र चेक रु.४,५०,०००।– गरी जम्मा रु. ६,००,०००।–(छ लाख रुपैयाँ) घुस/रिसवत दिइएको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) अन्तर्गतको कसुर भएको हुँदा निज नन्दलाल पौडेललाई बिगो रु.६,००,०००।–(छ लाख रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) ले निर्देश गरेबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना हुन एवं प्रतिवादी अमृता कोइरालाले लिइसकेको रिसवत रकम रु.६,००,०००।-बिगोसमेत सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जफत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
प्रवक्ता
नरहरि घिमिरे
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ