बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • सामाजिक सञ्जालमा फेक आइडी बनाएर ५ वर्ष कैद, ५० हजार रुपैयाँसम्म जरिवाना

सामाजिक सञ्जालमा फेक आइडी बनाएर ५ वर्ष कैद, ५० हजार रुपैयाँसम्म जरिवाना


गणेश विक


काठमाडौँ । तपाईं आफ्नो वास्तविक परिचय लुकाएर बेनामी काम गर्दै हुनुहुन्छ भने अब सचेत रहनुहोस् किनकी अरूको नामबाट सामाजिक सञ्जाल चलाउँदै हुनुहुन्छ भने कानुनी कारबाहीको दायरमा आउन धेरै समय कुर्नुपर्ने छैन ।

सरकारले सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभामा मङ्गलवार सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ दर्ता गरेको छ । उक्त विधेयकले सामाजिक सञ्जाल प्रयोगमा नियमन गर्ने तयारी गरेको छ ।

विधेयकको परिच्छेद ५ मा विधेयकमा फेक आइडी‚ सञ्जालमा विभिन्न फेक समूह तथा अरूको नामको गलत प्रयोग गरेर सञ्जाल चलाए कारबाही भोग्नुपर्ने विधेयकको मस्यौदामा उल्लेख गरिएको छ ।

‘कसैले सामाजिक सञ्जालमा बेनामी वा छद्मभेषी (फेक आइडी, पेज, समूह) वा अरूको नामबाट पहिचान सिर्जना गर्ने, त्यस्तो बेनामी वा छद्मभेषी पहिचान मार्फत विषयवस्तु उत्पादन गरी पोस्ट वा सेयर गर्ने, अरूको विषयवस्तु सेयर गर्ने, कमेन्ट वा कल गर्ने कार्य गर्नु हुँदैन‚’ विधेयकको मस्यौदामा लेखिएको छ ।

दर्ता भएको उक्त विधेयकमा यसरी कानुन विपरीत काम गरे वा कसुर गर्नेलाई तीन महिनासम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने स्पष्ट रूपमा लेखिएको छ ।

विधेयक मस्यौदाको दफा २७ को उपदफा ३ मा कसैले प्लेटफर्ममा व्यक्तिगत वा सामूहिक रूपमा फेक ह्यान्डल, स्थायी वा अस्थायी समूह, पेज वा अन्य कुनै पनि प्रकारको आइडी खोली नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डतामा खलल पुग्ने वा राष्ट्रिय हित प्रतिकूल हुने गरी गलत वा भ्रामक सूचना सम्प्रेषण गर्न नहुने उल्लेख छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत