बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • पूर्व प्रिमियर लिग फुटबलरलाई गोप्य से#क्स भिडियो बनाएको आरोपमा जेल सजाय

पूर्व प्रिमियर लिग फुटबलरलाई गोप्य से#क्स भिडियो बनाएको आरोपमा जेल सजाय


गणेश विक


सियोल । दक्षिण कोरियाली अन्तर्राष्ट्रिय फुटबलर ह्वाङ उइ–जोले एक महिलासँग उनको सहमति बिना यौन सबन्धको फिल्म बनाएको आरोपमा  जेल सजाय तोकिएको छ ।

योनहाप समाचार एजेन्सीका अनुसार ३२ वर्षीय पूर्व प्रिमियर लिग फरवार्ड, जसले अक्टोबरमा दोषी स्वीकार गरेका थिए, जस अनुसार शुक्रबार दुई वर्षको लागि निलम्बित र एक वर्षको जेल सजाय सुनाइएको छ।

योनहापका अनुसार न्यायाधीश ली योङ जेले भने, ‘गैरकानूनी फिल्मिङ अपराधबाट हुने सामाजिक क्षतिको गम्भीरतालाई ध्यानमा राख्दै कडा सजायँ दिन आवश्यक छ ।’ न्यायाधीशले अगाडी भने, ‘ह्वाङले पीडितको इच्छाविपरीत आफ्नो मोबाइल फोन प्रयोग गरी चार पटक यौन सम्पर्कको दृश्य खिचेका थिए ।’ 

पत्रकारहरूले मुद्दा पछि पीडितलाई भन्नु पर्ने केही छ कि भनेर सोध्दा ह्वाङले आफूबाट गल्ति भएको भएको बताए । ‘म व्यक्तिगत रूपमा फुटबल प्रशंसकहरूसँग माफी चाहन्छु र साँच्चै धेरै दुःखी महसुस गर्छु,’ ह्वाङले भने । जो खेलाडी टर्किएमा स्थानतरण हुनु नटिङ्घम फरेस्टका लागि आरक्षित रहेका थिए।

उता, ह्वाङकी भाउजुले जुन २०२३ मा ब्ल्याकमेल गर्ने प्रयासमा ह्वाङको निजी भिडियोहरू पोस्ट गरेपछि यो घोटाला बाहिर आएको थियो । उनी भने अहिले ब्ल्याकमेल गरेको अभियोगमा ३ वर्ष जेलमा रहेकी छिन् । अभियोजकहरूले अक्टोबरमा मुद्दाको अन्तिम बहस गर्दा ह्वाङलाई ४ वर्षको जेल सजाय माग गरेका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत