काठमाडाैं । कन्नड फिल्मकी अभिनेत्री रान्या राव सुन तस्करी प्रकरणमा पक्राउ परेकी छन्।
सुन तस्करीको आरोपमा उनलाई बेंगलुरू अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो।
उनी आईपीएस अधिकारी के रामचन्द्र रावकी छोरी हुन्।
भारतीय सञ्चारमाध्यमका अनुसार उनी १५ दिनमा ४ पटक दुबई पुगेपछि प्रहरीको अनुसन्धानमा परेकी थिइन्।
रान्याको साथबाट प्रहरीले सोमबार राति बेंगलुरूको केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थलमा १४.८० किलो सुन बरामद गरेको छ। उनले आफ्नो कपडामा सुन लगाएकी थिइन्।
पक्राउपछि रान्यालाई बेंगलुरूको डिआरआई हेडक्वार्टरमा लगिएको छ।
डिआरआई अधिकारी हाल जाँच गरिरहेको छ।
सुन तस्करीको काममा उनी एक्लै थिइन् वा दुबई र भारतबीच चलिरहेको ठूलो तस्करी सञ्जालको हिस्सा हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ।
रान्याले कन्नड सुपरस्टार सुदीपसँग फिल्म ‘माणिक्य’ (२०१४) मा अभिनय गरेकी थिइन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ